मोदीलाई भेट्नै जान लागेका थियौँ, सम्भव भएन भन्ने खबर आयो : प्रचण्ड

‘‘हतारहतार होटल जाने क्रममा अहिले सम्भव भएन भन्ने खबर आयो। उहाँले किन भेट्नुभएन भन्ने कुरा मैले थाहा पाएको छैन।’’

नेपालभ्युज

मोदीलाई भेट्नै जान लागेका थियौँ, सम्भव भएन भन्ने खबर आयो : प्रचण्ड
फाइल तश्वीर

काठमाडौं। भारत भ्रमणमा पुगेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नभेटी आइतबार साँझ स्वदेश फर्किएका छन्।

भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नाड्डाको निमन्त्रणामा शुक्रबार भारत पुगेका उनको मोदीसँग पनि भेट हुने तय भएको थियो। आज भेट्न जानै लाग्दा उनले समय नदिएको प्रचण्डले बताए।

‘‘प्रधानमन्त्री मोदीसँग १ बजे भेट हुन्छ भन्ने आधिकारीक जानकारी हामीलाई आएको थियो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले भने, ‘‘हतारहतार होटल जाने क्रममा अहिले सम्भव भएन भन्ने खबर आयो। उहाँले किन भेट्नुभएन भन्ने कुरा मैले थाहा पाएको छैन।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved