नारायणकाजीलाई ओलीको जवाफ : कांग्रेसको पुच्छर भएर वामपन्थी पार्टी हुन्छ ?

नेपालभ्युज

नारायणकाजीलाई ओलीको जवाफ : कांग्रेसको पुच्छर भएर वामपन्थी पार्टी हुन्छ ?

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा एमालेबाहेकका वामन्थी दल नभएको बताएका छन्।

वामपन्थी दलबीच कम्तीमा चुनावी एकता हुनुपर्ने नेकपा (मा‌ओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको प्रस्तावमा जवाफ दिंँदै उनले एमाले मात्रै वामपन्थी दल भएको दाबी गर्दै एमालेसँग मिलेर सरकार बनाउन आउन आग्रह गरे। साइन बोर्ड मात्र राखेर कुनै पनि दल वामपन्थी नहुने भन्दै उनले भने, ‘‘चौरीको पुच्छर जस्तो कांग्रेसको पुच्छर भएर वामपन्थी पार्टी हुन्छ ?’’

कम्युनिष्ट सरकार ढालेर कांग्रेससँग मिलेर माओवादी पार्टी अदालतमा रिट हाल्न गएको भन्दै उनले गल्ती सच्चाउन एमालेसँग मिल्न आउनुपर्ने बताए। उनले भने, ‘‘राफसाफ कुरा गरौं। गल्ती भइहाल्यो, छोडिदिऔं, कोही वामपन्थी हुनुहुन्छ भने आउनुस्, एमालेसँग मिलेर देशको पक्षमा काम गर्ने सरकार बनाऔं ।’’

नेपाल चीन मैत्री समाजले शनिबार नेपालको भूराजनीतिक अवस्थाको बारेमा आयोजना गरेको कार्यक्रममा उनले अरु कोही वामपन्थी दल भए एमालेसँग मिल्न आउन आग्रह गरे।

सोही कार्यक्रममा माओवादीका वरिष्ठ नेता श्रेष्ठले संसदीय चुनावमा तालमेल गर्न नेकपा एमालेसँग प्रस्ताव गरेका थिए।

उनले देश जोगाउन वामपन्थी एकता नभए कम्तीमा चुनावी तालमेल तथा संयुक्त मोर्चामा जानैपर्ने बताएका थिए। नेकपा एकता जोगाउन नसक्नु एमाले र माओवादी उत्तिकै दोषी भएको बताउँदै उनले आत्मालोचना गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved