लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट

अदालतले वार्षिक ६७ प्रतिशत मुद्दा फछ्र्योटको लक्ष्य राखेकामा १२५.५५ प्रतिशत मुद्दा फछ्र्योट गरेको हो।

नेपालभ्युज

लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट

खलङ्गा। उच्च अदालत सुर्खेत जुम्ला इजलासले चालु आर्थिक वर्ष २०७८/०७९ को असार ३१ गतेसम्म लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गरेको छ।

अदालतले वार्षिक ६७ प्रतिशत मुद्दा फछ्र्योटको लक्ष्य राखेकामा १२५.५५ प्रतिशत मुद्दा फछ्र्योट गरेको हो।

अदालतले पत्रकार भेटघाट कार्यक्रममार्फत चालु आर्थिक वर्षको असार मसान्तसम्म १८० थान मुद्दा फछ्र्योटको लक्ष्य राखेकोमा २३१ मुद्दा फछ्र्योट गरेको तथ्याङ्क सार्वजनिक गरेको हो।

उच्च अदालत सुर्खेत जुम्ला इजलासका मुख्य न्यायाधीश श्रीमणकुमार गौतमले लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गरिएको जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved