घट्यो सुनचाँदीको मूल्य

नेपालभ्युज

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं। आज सुनको मूल्य तोलामा दुई सयले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार पाँच सय तोकिएको छ भने तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन ९४ हजार सात सयमा कारोबार भएको थियो भने तेजाबी सुनको मूल्य ९४ हजार दुई सय तोकिएको थियो।

चाँदीको मूल्य पनि आज घटेको छ। चाँदीको मूल्य १० रुपैयाँले घटेर एक हजार १७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved