श्रीलंकाको राष्ट्रपति निवासमा करोडौँ रूपैयाँ भेटियो 

सामाजिक सञ्जालमा सार्वजनिक गरिएका केही भिडियोहरूमा प्रदर्शनकारीहरूले नोट गनिरहेको देख्न सकिन्छ। शनिबार हजारौँ प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेको भिडियो सार्वजनिक भएको थियो।

नेपालभ्युज

श्रीलंकाको राष्ट्रपति निवासमा करोडौँ रूपैयाँ भेटियो 

कोलम्बो। श्रीलंकाको राष्ट्रपति निवासबाट शनिबार प्रदर्शनकारीले करोडौँ नगद रुपैयाँ फेला पारेको दाबी गरेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक गरिएका केही भिडियोहरूमा प्रदर्शनकारीहरूले नोट गनिरहेको देख्न सकिन्छ। शनिबार हजारौँ प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेको भिडियो सार्वजनिक भएको थियो।

श्रीलंकाली सञ्चारमाध्यमका अनुसार राष्ट्रपति भवनबाट बरामद भएको रकम सुरक्षा निकायलाई हस्तान्तरण गरिएको छ। यसैबीच, अनुसन्धान अधिकारीले तथ्य जाँचपछि मात्रै वस्तुस्थितिबारे भन्न सकिने बताएका छन्।

आर्थिक मन्दीको सामना गरिरहेको श्रीलंकाको अवस्था झन् दयनीय बन्दै गइरहेका समय राष्ट्रपतिको राजीनामा माग्दै  भएको प्रदर्शनका क्रममा प्रदर्शनकारी राष्ट्रपति कार्यालय प्रवेश गरी सबै कक्षलाई आफ्नो कब्जामा लिएको घोषणा शनिबार गरेका थिए।

राष्ट्रपति भवन प्रदर्शनकारीको कब्जामा पुगेपछि राष्ट्रपति गोटाबाया राजापाक्षे राष्ट्रपति भवन छोडेर भागेका थिए। प्रदर्शनकारीको आक्रोशित भीड त्यसपछि प्रधानमन्त्री रनिलविक्रमा सिंघेको सरकारी निवासमा समेत पुगी आगजनी गरेको थियो।
आर्थिक संकट झन् गहिरिन थालेपछि देशभरबाट नागरिकहरु राजधानी कोलम्बोमा भेला भएका छन्।

यसैबीच, राष्ट्रपति राजापाक्षेले यही जुलाई १३ मा राजीनामा दिने जानकारी यहाँको संसदका सभामुखलाई दिएको स्थानीय संचार माध्यमले जनाएका छन्।

कडा सुरक्षा घेरा तोड्दै राष्ट्रपति कार्यालयमा प्रदर्शनकारी प्रवेश गरेपछि प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले शनिबार नै सर्वदलीय बैठक आयोजना गरी उचित विकल्प आएमा आफू राजीनामा दिन सहमत भएको घोषणा गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved