मधेश प्रदेशको बजेट सर्वसम्मतले पारित

नेपालभ्युज

मधेश प्रदेशको बजेट सर्वसम्मतले पारित

जनकपुरधाम। मधेश प्रदेश आर्थिक वर्ष २०७९र८० को बजेट सर्वसम्मतले पारित भएको छ।

आइतबार बसेको प्रदेशसभा बैठकमा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले पेस गरेको आर्थिक विधेयक २०७९ र कर तथा गैरकर राजश्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतले पारित भएपछि बजेट पारित भएको हो।

यसअघि शनिबार प्रदेशसभाबाट विनियोजन विधेयक पारित भएको थियो।

असार १ मा मधेश प्रदेशका अर्थमन्त्री साहले आव २०७९/०८०का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए।

बजेट पारित भएपछि प्रदेशको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved