फ्री ट्रान्सफरमा युभेन्ट्स पुगे डी मारिया र पोग्बा

सिजनको अन्त्यसँगै पीएसजी छाडेका ३४ वर्षीय मारियाले युभेन्ट्ससँग एक वर्षको सम्झौता गरेका छन्। उनले २२ नम्बरको जर्सी लगाउने छन्।

नेपालभ्युज

फ्री ट्रान्सफरमा युभेन्ट्स पुगे डी मारिया र पोग्बा

काठमाडौं। अजेन्टिनी स्टार एन्जल डी मारिया सिरी ए क्लब युभेन्ट्समा अनुबन्धित भएका छन्। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनमा अनुबन्ध सकिएपछि मारिया फ्री ट्रान्सफरमा युभेन्ट्स पुगेका हुन्।

सिजनको अन्त्यसँगै पीएसजी छाडेका ३४ वर्षीय मारियाले युभेन्ट्ससँग एक वर्षको सम्झौता गरेका छन्। उनले २२ नम्बरको जर्सी लगाउने छन्।

मारियासँगै युभेन्ट्सले फ्रेन्च मिडफिल्डर पाउल पोग्बालाई पनि अनुबन्ध गर्ने भएको छ। पोग्बा क्लबसँग सम्झौताका लागि तयार भएपछि उनले पनि सिरी ए खेल्ने पक्का भएको हो।

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग सम्झौता नवीकरण नगरेका पोग्बा सिरी ए खेल्न पूर्वक्लब युभेन्ट्स फर्किन लागेका हुन्। उनले क्लबसँग चार वर्षको सम्झौता गर्न लागेका बताइएको छ।

उनी सन् २०१२ देखि २०१६ सम्म युभेन्ट्समै रहेका थिए। २०१६ मा उनी आफ्नो पूर्व क्लब युनाइटेड फर्किएका थिए। उनी युनाइटेडकै एकेडेमीको उत्पादन हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved