सुर्खेतको सामुदायिक विद्यालय एनएमबी बैंकले गर्‍यो पुनर्निर्माण

नेपालभ्युज

सुर्खेतको सामुदायिक विद्यालय एनएमबी बैंकले गर्‍यो पुनर्निर्माण

काठमाडौं। एनएमबी बैंकले सुर्खेतको एक सामुदायिक विद्यालय पुनर्निर्माण गरी हस्तान्तरण गरेको छ।

बैंकले सामाजिक दायित्वअन्तर्गत वीरेन्द्रनगर सुर्खेत–१६ स्थित सरस्वती प्राथमिक विद्यालयको छानामाथिको पुनर्संरचना/सम्भार र कक्षा कोठाको मर्मतसम्भार गरेको हो।

गत जेठमा आएको हावाहुरीले उक्त विद्यालयको जस्ताको छाना उडाएपछि विद्यार्थीहरु खुल्ला चौरमै पढन बाध्य थिए । एक कार्यक्रमबीच बैंकले ४ ओटा कोठाको पुनःनिर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो ।

उक्त कार्य परियोजनाको समापन तथा हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट क्षेत्रीय प्रबन्धक मित्रराज प्याकुरेल, कर्मचारीहरु निर्मल गौली लगायत उपस्थित थिए। विद्यालयको तर्फबाट विद्यालय व्यवस्थापन समिति शिक्षक तथा विद्यार्थीको उपस्थिति थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved