नयाँ दल घोषणा गर्दै वामदेव गौतम

नेपालभ्युज

नयाँ दल घोषणा गर्दै वामदेव गौतम

काठमाडौं। वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन्। आज दिउँसो ३ बजे काठमाडौंको भृकुटीमण्डपमा कार्यक्रम गरी नयाँ दलको घोषणा गर्ने तयारी भएको हो।

राष्ट्रिय सभाका सांसद रहेका गौतमले कम्युनिष्ट दलहरूलाई एकै ठाउँमा ल्याउन प्रयासरत छन्। सर्वोच्च अदालतले नेकपा विघटन गरेर एकता गरेका दुई दललाई पुरानै स्वरूपमा फर्काइदिएपछि उनी तटस्थ रहँदै आएका थिए। गत शनिबार भएको राष्ट्रिय भेलाले पार्टी गठन गर्ने निर्णय गरेको प्रचार संयोजक निमकान्त पाण्डेले जानकारी दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved