घट्यो सुनको मूल्य

आज नेपाली बजारमा छापावाल प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपालभ्युज

घट्यो सुनको मूल्य

काठमाडौं। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ।

आज नेपाली बजारमा छापावाल प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार रुपैयाँ थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार २४० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved