इच्छाराजसँग न्यायाधीशले घूस मागेको प्रकरणबारे छानबिन गर्न समिति गठन

घूस प्रकरणका आरोपित न्यायाधीश कोइरालाले तलब बुझ्नेगरी कार्यसम्पादनमा रोक लगाइएको छ।

नेपालभ्युज

इच्छाराजसँग न्यायाधीशले घूस मागेको प्रकरणबारे छानबिन गर्न समिति गठन

काठमाडौं। न्याय परिषद्ले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले व्यवसायी इच्छाराज तामाङसँग घूस मागेकोबारे अध्ययन गर्न समिति गठन गरेको छ।

मंगलबार साँझ न्यायाधीश कोइरालाले अधिवक्ता रूद्र पोखरेलसँग टेलिफोन संवादमा इच्छाराजलाई धरौटीमा छाड्न १० करोड माग गरेको अडियो सार्वजनिक भएको थियो।

यो पनि

न्यायाधीशले इच्छाराज तामाङसँग १० करोड घूस मागेको अडियो सार्वजनिक

उक्त अडियो सार्वजनिक भएपछि बुधबार बसेको न्याय परिषद्को बैठकले उक्त बिषयमा छानबिन गर्न न्यायपरिषद्का सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।

छानविन समितिमा उच्च अदालत पाटनका कायम मुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र न्यायाधीश महेश शर्मा पौडेल रहेका छन्। समितिलाई ४५ दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो।

छानविन समिति गठन भएसँगै न्यायाधीश कोइरालालाई कार्यसम्पादनमा रोक लगाइएको छ। घूस प्रकरणका आरोपित न्यायाधीश कोइरालाले तलब बुझ्नेगरी कार्यसम्पादनमा रोक लगाइएको प्रवक्ता कार्कीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved