न्यायाधीशले इच्छाराज तामाङसँग १० करोड घूस मागेको अडियो सार्वजनिक

न्यायाधीश र वकिलबीचको संवाद बाहिरिएपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपरिषद्को बैठक बोलाएका छन्।

नेपालभ्युज

न्यायाधीशले इच्छाराज तामाङसँग १० करोड घूस मागेको अडियो सार्वजनिक

काठमाडौं। काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइरालाले व्यवसायी इच्छाराज तामाङसँग १० करोड रुपैयाँ घूस मागेको अडियो सार्वजनिक भएको छ। न्यूज २४ टिभीले मंगलबार साँझ न्यायाधीश कोइराला र अधिवक्ता रूद्र पोखरेलबीचको गोप्य अडियो सार्वजनिक गरेको हो।

सिभिल वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इच्छाराज तामाङले २ हजारभन्दा बढी ग्राहकको ८ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ। ठगीको आरोपमा प्रहरी हिरासतमा रहेका तामाङलाई रिहा गर्नका लागि न्यायाधीश र अधिवक्ताबीच भएको फोन संवाद सार्वजनिक भएको हो।

अडियोमा तामाङलाई धरौटीमा छाड्न १० करोड रुपैयाँको रकम माग गरिएको छ।

न्यायाधीश र वकिलबीचको संवाद बाहिरिएपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपरिषद्को बैठक बोलाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved