‘एसपीपीकै कारण तेस्रो विश्वयुद्ध निम्तिन सक्छ’

नेपालभ्युज

‘एसपीपीकै कारण तेस्रो विश्वयुद्ध निम्तिन सक्छ’
फाइल फोटो

काठमाडौं । नेकपा (एमाले) का सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपालकै कारण तेस्रो विश्वयुद्ध हुन सक्ने बताएका छन्।

अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपालले कुनै पनि हालतमा सम्झौता गर्न नहुने भन्दै उनले यो सम्झौताबारे बाहिर आएको मस्यौदा नेपालको हितमा नरहेको पनि बताए।

शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै नेता रायमाझीले अहिले नेपालका सबै दलहरु एसपीपी सम्झौता गर्न नहुने पक्षमा उभिएका पनि सुनाए।

“विश्वव्यापी रुपमा टक्कर भैरहेको छ, दुनियाँका मुलुकहरु विभाजित रुपमा गएका छन्। हामीले सन्तुलित विदेशी नीति अपनाउनुपर्छ। हामी कुनै देशतर्फ ढल्किनु हुँदैन। घोषित नीतिभन्दा बाहिर जानुहुँदैन। दलहरुले यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ,” उनले भने, “हामी आफ्नो अन्तर्राष्ट्रिय नीतिबाट विचलित भयौं भने हाम्रो कारणले पनि विश्वयुद्ध निम्तिन सक्छ। यदि हामी आफ्नो नीति र अडानमा अडिग रह्यौं भने त्यो विश्वयुद्ध पनि रोक्न सकिन्छ। देश सानो वा ठूलो भएर हुँदैन। नीतिमा अडान हुनुपर्छ।”

जहाँ जसको पालामा, जुनस्तरको प्रस्ताव गएको भए पनि कांग्रेसले पनि यसलाई अघि बढाउन हुन्न भनेको भन्दै उनले यस विषयमा आम सहमतिजस्तो देखिएको बताए।

अब देशलाई अहिलेका दल र यसका नेतृत्वकर्ताहरुले सही दिशा दिनुपर्नेमा पनि रायमाझीले जोड दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved