राजेन्द्र लिङ्देनको चिन्ता : भ्रष्टाचार र बेरोजगारी बढ्दै गयो

नेपालभ्युज

राजेन्द्र लिङ्देनको चिन्ता : भ्रष्टाचार र बेरोजगारी बढ्दै गयो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ठुला दलको कारण मुलुमा भ्रष्टार र बेरोजगारी बढ्दै गएको आरोप लगाएका छन्।

स्वतन्त्र राष्ट्रवादी राजावादी समाज पर्साले आज वीरगन्जमा आयोजना गरेको कार्यक्रममा उनले विगत तीन दशकदेखि सरकारमा सहभागी हुँदै आएका नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), मधेसवादीलगायत ठूला दलको गलत नीतिले मुलुकमा दिनानुदिन भ्रष्टाचार र बेरोजगारी बढ्दै गएको जिकिर गरे।

उनले बढ्दो भ्रष्टाचारलाई नियन्त्रण गर्न राष्ट्रसेवा कर्मचारी तथा नेताको सम्पत्तिको छानबिन गर्न आवश्यक रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved