मोटरसाइकल चालकको मृत्यु

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ।

नेपालभ्युज

मोटरसाइकल चालकको मृत्यु
सांकेतिक तस्वीर।

गोदावरी। कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

गएराति गोदावरी नगरपालिका–६ लालपुरमा सुपप्र०१०१०प ९६०३ नंको मोटरसाइकल दुर्घटना हुँदा चालक बाजुराका ३७ वर्षीय हिक्मतबहादुर रावलको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार रावलको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा गए राति नै मृत्यु भएको हो।

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved