एसपीपीबारे डा. बाबुराम भट्टराईले भने- सत्यतथ्यको श्वेतपत्र आओस्

एसपीपीबारे अमेरिकी दूतावास, नेपाली सेना, प्रमुख नेपाली दल/नेताका भनाइ/पत्रले हाम्रो राज्य र नेतृत्वको स्तर उदांगो पार्दै गरेको पनि भट्टराईको भनाइ छ।

नेपालभ्युज

एसपीपीबारे डा. बाबुराम भट्टराईले भने- सत्यतथ्यको श्वेतपत्र आओस्

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सैन्य साझेदारी एसपीपी सम्झौताबारे श्वेतपत्र आउनुपर्ने बताएका छन्।

डा. भट्टराईले एसपीपी सम्झौताबारे सरकारले श्वेतपत्र जारी गर्नुपर्ने बताएका हुन्। उनले गालिबको भनाइ ‘धूल चेहरे पर थी, आयना साफ करता रहा’ सम्झँदै सत्यतथ्यको श्वेतपत्र आउनुपर्ने बताएका हुन्।

एसपीपीबारे अमेरिकी दूतावास, नेपाली सेना, प्रमुख नेपाली दल/नेताका भनाइ/पत्रले हाम्रो राज्य र नेतृत्वको स्तर उदांगो पार्दै गरेको पनि भट्टराईको भनाइ छ।

‘सबै प्रमुख दल र नेता अछुतो देखिन्न,’ एसपीपीबारे डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पानीमाथि ओभानो बन्ने कोशिश कसैले नगरोस्!’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved