पूर्वका उद्योगीसँग अर्थमन्त्रीले भने- ‘हाम्रो उद्देश्य व्यवसायीलाई अप्ठ्यारो पार्ने होइन’

अर्थमन्त्री जनार्दन शर्माले सरकारले उद्योगी तथा व्यवसायीलाई अप्ठ्यारोमा पार्न नखोजेको स्पष्ट पारेका छन्।

नेपालभ्युज

पूर्वका उद्योगीसँग अर्थमन्त्रीले भने- ‘हाम्रो उद्देश्य व्यवसायीलाई अप्ठ्यारो पार्ने होइन’

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले सरकारले उद्योगी तथा व्यवसायीलाई अप्ठ्यारोमा पार्न नखोजेको स्पष्ट पारेका छन्।

अर्थ मन्त्रालयमा शुक्रबार पूर्वका उद्योगी, व्यवसायीसँग छलफल गर्दै अर्थमन्त्री शर्माले बजेटले स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएर मुलुकभित्रै औद्योगिकरण विस्तार गरी आर्थिक गतिविधि अघि बढाउन खोजिएको बताए।

“सरकारले व्यवसायीलाई अप्ठ्यारोमा पार्न खोजेको होइन। सबैसँग छलफल गरेर बजेट ल्याएकाले सबै पक्षलाई समेट्ने प्रयास भएको छ”, अर्थमन्त्री शर्माले भने।

आम महिलावर्गलाई राहत हुने गरी ‘स्यानिटरी प्याड’ आयातमा ठूलो भन्सार छुट उपलब्ध गराएको र यस्तो छुटले स्वदेशी उद्योगलाई केही समस्या भएको पाइएमा समाधान निकाल्न तयार रहेको पनि उनले बताए।

कच्चा तेल आयात गरी स्वदेशमा उद्योग चलाउने र रोजगारी सृजना गर्नेलाई बजेटले सम्बोधन गरेको उनको भनाइ छ। बजेटमार्फत स्वदेशी उद्योगलाई संरक्षण गरेर लैजाने नीति लिएको प्रष्ट पार्दै उनले स्वदेशी उद्योगलाई राम्रो गर्न बजेटमा विभिन्न व्यवस्था गरिएको बताए।

छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष नबिन रिजालले वायर, घिउतेल तथा स्यानिटरी उद्योगमा बजेटले पारेको प्रभावको उठाएका थिए।

उनले सरकारी नीति आउँदा आत्मसाथ गर्ने वातावरण बनाइदिन अर्थमन्त्री शर्मासँग आग्रह गरे। “हामी (व्यवसायी) लाई पनि पोलिसीले साथ दिनुस्। हामीले पनि बजेट आउँदा मुक्तकण्ठले प्रशंसा गर्ने स्थिति आओस्”, उनले भने।

अर्थ मन्त्रालयमा भएको भेटमा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघको प्रदेश नम्बर १ का प्रतिनिधिले आर्थिक वर्ष ०७९–८० को बजेटले वायर, घिउतेल र स्यानीटरी उद्योगमा पारेको प्रभावका बारेमा अर्थमन्त्री शर्मा समक्ष गुनासो पोखेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved