दुर्गन्ध र फोहोरले राजधानीबासी आजित भइसके : सांसद श्रेष्ठ

“काठमाडौंको कुनै सडक, गल्लीको फोहर उठेको छैन। जताततै फोहरको डङ्गुर बनिसक्यो,” श्रेष्ठले भने, “त्यसैले तत्काल फोहर उठ्नुपर्छ र समस्या समाधान हुनुपर्छ।”

नेपालभ्युज

दुर्गन्ध र फोहोरले राजधानीबासी आजित भइसके : सांसद श्रेष्ठ

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठले राजधानी काठमाडौंको फोहोर तत्काल व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै श्रेष्ठले लामो समयदेखि काठमाडौंमा दुर्गन्ध र फोहोरले राजधानीबासी आजित भइसकेको भन्दै तत्काल समाधान खोज्न आग्रह गरे।

“काठमाडौंको कुनै सडक, गल्लीको फोहोर उठेको छैन। जताततै फोहोरको डङ्गुर बनिसक्यो,” श्रेष्ठले भने, “त्यसैले तत्काल फोहोर उठ्नुपर्छ र समस्या समाधान हुनुपर्छ।”

सांसद श्रेष्ठले सिसडोल र बञ्चरे डाँडाका जनप्रतिनिधिबीच सहमति भए पनि फोहोर फाल्न नदिने प्रवृत्ति दोहोरिएको भन्दै त्यहाँका जनताको माग सम्बोधन गर्न माग गरे। उनले फोहोर नउठे अब काठमाडौंका जनता चुप लागेर नबस्ने भन्दै फोहोर व्यवस्थापनका लागि बल प्रयोग गरेर नभई सहमति र समझदारीका साथ समाधान खोजिनुपर्नेमा जोड दिए।

सांसद श्रेष्ठले काठमाडौंको फोहोर नउठेको विषयमा सरकारको आधिकारिक धारणा माग गर्दै तत्काल फोहोर उठ्छ कि उठ्दैन भन्ने विषयमा सभामुखमार्फत रुलिङ गर्न माग गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved