इनारभित्र भेटियो ‘औषधि लिएर फर्किहाल्छु’ भन्दै निस्किएका साहको शव

सिरहाको गोलबजार नगरपालिका–२ टुर्किया निवासी ज्ञानचन्द्र भनिने विष्णुदेव साहको शव आज बिहान इनारभित्र फेला परेको छ।

नेपालभ्युज

इनारभित्र भेटियो ‘औषधि लिएर फर्किहाल्छु’ भन्दै निस्किएका साहको शव
सांकेतिक तस्वीर

लहान। सिरहाको गोलबजार नगरपालिका–२ टुर्किया निवासी ज्ञानचन्द्र भनिने विष्णुदेव साहको शव आज बिहान इनारभित्र फेला परेको छ।

श्रीमतीलाई औषधि लिन जाने क्रममा हिजो साँझबाट हराएका ४८ वर्षीय साहको शव आज बिहान गाउँ नजिकैको इनारभित्र फेला परेको हो।

‘औषधि लिएर तुरुन्तै फर्किहाल्छु’ भन्दै साइकलमा गएका उनी राति अबेरसम्म पनि नफर्किएपछि खोजतलाश गर्ने क्रममा बिहान गाउँ नजिकैको इनारभित्र साईकलसहित उनको शव फेला परेको प्रहरीले जनाएको छ।

शव इनारभित्रबाट बाहिर निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

मृतकका परिवारले हत्या गरी इनारमा फालिएको दाबी गर्दै दोषीमाथि कारबाहीकाे माग गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved