आगामी चुनाव एमालेसँग मिलेर लड्छौँ, दुवैले धेरै सिट जित्छौं : कमल थापा

परिवर्तनलाई स्वीकार गर्दै राजतन्त्रको मुद्दा छाडे पनि अब हिन्दू राज्यका लागि राजनीति गर्ने उनको भनाइ थियो। सनतान धर्म र संस्कृतिको रक्षा गरे मात्रै देशको विकास हुने उनले बताए।

नेपालभ्युज

आगामी चुनाव एमालेसँग मिलेर लड्छौँ, दुवैले धेरै सिट जित्छौं : कमल थापा
फाइल तस्वीर

हेटौँडा। राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नेकपा एमालेसँग मिलेर लड्ने बताएका छन्। हेटौँडामा आयोजित प्रदेश स्तरीय अगुवा कार्यकर्ताको भेलामा उनले कार्यकर्ताहरूले एमालेसँग सहकार्यका लागि लगभग सहमति जुटिसकेको बताए।

स्थानीय निर्वाचनमा आफूले धेरै अपेक्षा नगरेको बताउँदै उनले आगामी चुनावमा एमालेसँग मिलेर एमाले र राप्रपा नेपाल दुवैले धेरै सिट जित्ने बताए। विगतमा नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीले पनि राजतन्त्रलाई स्वीकार गरेर राजनीति गरेको उल्लेख गर्दै उनले अन्य पार्टीले जस्तै समयको आवश्यकताका कारण आफूले पनि राजतन्त्रको मुद्दा त्यागेको बताए।

परिवर्तनलाई स्वीकार गर्दै राजतन्त्रको मुद्दा छाडे पनि अब हिन्दू राज्यका लागि राजनीति गर्ने उनको भनाइ थियो। सनतान धर्म र संस्कृतिको रक्षा गरे मात्रै देशको विकास हुने उनले बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved