मनाङका स्थानीय तहलाई ३७ करोड ३६ लाख बजेट

चार पालिकालाई सङ्घ सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो।

नेपालभ्युज

मनाङका स्थानीय तहलाई ३७ करोड ३६ लाख बजेट

मनाङ। हिमाली जिल्ला मनाङका चार स्थानीय तहलाई सङ्घीय सरकारबाट ३७ करोड ३६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। जिल्लाका चार पालिकालाई सङ्घ सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो।

सबैभन्दा बढी मनाङ प्रवेश पालिका नासों गाउँपालिकालाई १९ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। चामे गाउँपालिकालाई १६ करोड ९७ लाख, मनाङ ङिस्याङ गाउँपालिकालाई १६ करोड ४४ लाख र नार्पाभूमि गाउँपालिकालाई १४ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन भएको मनाङ ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीनारायण यादवले जानकारी दिए।

सङ्घीय सरकारले सशर्त, विशेष अनुदान, समपूरक अनुदान, राजस्व बाँडफाँटलगायत शीर्षकमा स्थानीय तहलाई अनुदान दिने गरेको छ।

सङ्घ सरकारले रणनीतिक (मनाङको मेरुदण्ड) डुम्रे–बेँसीशहर–चामे मनाङ सडक निर्माणका लागि बजेट विनियोजन गरेको छ। बहुवर्षीय योजनाका रूपमा सङ्घ सरकारले ६१ करोड २८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

प्रदेश सरकारले दिने अनुदान, सङ्घीय अनुदान र स्थानीय स्रोतसमेत समावेश गरेर स्थानीय तहले बजेट निर्धारण गरेका छन्।

सङ्घीय सरकारको बजेट आएसँगै मनाङका स्थानीय तहले धमाधम नीति तथा कार्यक्रम र बजेट निर्धारणका लागि योजना तर्जुमा भेला गरी सुझाव सङ्कलन गरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved