विमानको उद्धारमा सघाउन स्थानीयलाई आग्रह

सरकारले मुस्ताङमा हराइरहेको तारा एयरको विमानको खोज तथा उद्धारमा सघाउन स्थानीयवासीसँग अनुरोध गरेको छ।

नेपालभ्युज

विमानको उद्धारमा सघाउन स्थानीयलाई आग्रह
फाइल फोटो

काठमाडौं। सरकारले मुस्ताङमा हराइरहेको तारा एयरको विमानको खोज तथा उद्धारमा सघाउन स्थानीयवासीसँग अनुरोध गरेको छ।

त्रिभुवन विमानस्थल कार्यालयले स्थल र हवाइमार्गबाट विमानको खोजी भइरहेको उल्लेख गर्दै मुस्ताङका सर्वसाधारणलाई हराइरहेको विमानका बारेमा जानकारी भएमा खोज तथा उद्धार समन्वय केन्द्रको फोन नम्बर ०१४११३००० मा सूचना दिन आग्रह गरेको छ।

तारा एयरको सम्पर्कविहीन ९ एनएईटी ट्विनअटर विमान अन्तिम पटक जोमसोम टावरसँग १० बजेर ७ मिनेटमा घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियाे। सम्पर्कविहीन जहाजमा १३ नेपाली, चार भारतीय र दुई जर्मनीका नागरिक गरी १९ यात्रु तथा चालक दलका तीन सदस्य सवार छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved