ब्राजिलमा भारी वर्षा, बाढीमा परी ३७ जनाको मृत्यु

उत्तरी ब्राजिलमा भारी वर्षापछि आएको बाढीमा परी कम्तीमा ३७ जनाको ज्यान गएको छ।

नेपालभ्युज

ब्राजिलमा भारी वर्षा, बाढीमा परी ३७ जनाको मृत्यु

एजेन्सी। उत्तरी ब्राजिलमा भारी वर्षापछि आएको बाढीमा परी कम्तीमा ३७ जनाको ज्यान गएको छ।

उत्तरी ब्राजिलको रेसिफ सहर र त्यस वरपरको आएको भारी वर्षाले ३७ नागरिकको ज्यान गएको हाे।

ब्राजिलको उत्तर पश्चिमी प्रेनाम्बुकको राज्यमा शुक्रबारदेखि पानी परेको थियो। निरन्तरको वर्षाले शनिबारसम्म यहाँका ३७ जनाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन्।

अलागोस राज्यमा वर्षाले गर्दा धेरै मानिस विस्थापित हुन पुगेका छन्। सो राज्यमा २ जनाको वर्षाका कारण ज्यान गएको बताइएको छ।

रेसिफ सहरको नजिकै गएको पहिरोमा परेर शनिबार मात्र २० जनाको शनिबार ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन्। सो सहरमा वर्षा जारी नै रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved