माओवादी केन्द्रको पदाधिकारी चयन संघीय निर्वाचनपछि मात्रै

नेकपा (माओवादी केन्द्र) ले पार्टीका पराधिकारी चयन संघीय निर्वाचनपछि मात्रै गर्ने भएको छ।

नेपालभ्युज

माओवादी केन्द्रको पदाधिकारी चयन संघीय निर्वाचनपछि मात्रै

काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले पार्टीका पराधिकारी चयन संघीय निर्वाचनपछि मात्रै गर्ने भएको छ। एक टेलिभिजन अन्तर्वार्ताका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहालले संघीय निर्वाचनपछि मात्रै पार्टीका पदाधिकारी चयन गर्ने बताएका हुन्।

११ पुस २०७८ मा पार्टीको महाधिवेशन सम्पन्न भएपनि पार्टीले अझैसम्म पदाधिकारी चयन गर्न सकेको छैन।

पार्टीभित्र अन्य पदमा सहमति भएपनि महासचिव पदमा सहमति जुट्न नसक्दा माओवादीले पार्टी पदाधिकारी चयन गर्न नसकेकाे हाे। महासचिव पदमा जनार्दन शर्मा, वर्षमान पुन लगायतका नेताले इच्छा देखाएका छन्।

२० जेठमा भर्चुअल बैठकको आयोजना गरिने पार्टीले जनाएको छ। स्थानीय तहको निर्वाचनको समीक्षा गर्न पार्टीले केन्द्रीय सदस्यहरुको भर्चुअल बैठक बोलाएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved