काठमाडौं २९ मा कांग्रेसको प्यानलै विजयी, बालेनको अग्रता कायमै

नेपालभ्युज

काठमाडौं २९ मा कांग्रेसको प्यानलै विजयी, बालेनको अग्रता कायमै

काठमाडौं । काठमाडौँ महानगरपालिका-२९ मा नेपाली कांग्रेसका तर्फबाट कुश ढकाल प्यानलैसहित विजयी भएका छन्।

ढकालले नेकपा (एमाले) का निकटतम प्रतिद्वन्द्वी शिवराम राजवंशीलाई ५० मतले पछि पारेका हुन्। ढकालले एक हजार ९२१ मत प्राप्त गर्दा राजवंशीले एक हजार ८७१ मत प्राप्त गरे।

त्यसैगरी सदस्यमा कांग्रेसका अनिलकुमार श्रेष्ठ र सन्तोष ढुङ्गेल विजयी भए। महिला सदस्यतर्फ कांग्रेसकी रेनु श्रेष्ठ र दलित महिला सदस्यमा सङ्गीता पुजारी विजय भएका काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए।

त्यस्तै प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले २८ हजार ११२ मत प्राप्त गरी अग्रता कायम गरेका छन्। एमालेका उम्मेदवार केशव स्थापितले १४ हजार ९८३ मत प्राप्त गर्दा कांग्रेसकी सिर्जना सिंहले १४ हजार ६६९ मत प्राप्त गरेकी छन्।

त्यसैगरी उपप्रमुखमा सुनिता डङ्गोलले २७ हजार ७०२ मत प्राप्त गरी अग्रता कायम गरेकी छन् भने नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रामेश्वर श्रेष्ठले एक हजार ६ सय १७ मत प्राप्त गरेका छन्।

हाल वडा नं १, २, ३ ,४ ५, २८, २९, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ। त्यसैगरी वडा नं ६, ७, ८, ९, १०, २५, २६, र ३१ को मत गणना कार्य जारी छ। अहिले कामपामा ७४ हजार ७५१ मत गणना कार्य सकिएको छ।

यहाँ कूल मतदाता तीन लाख २४२ रहेकामा जम्मा ६३ दशमलव ४९ प्रतिशत मतदाताले मतदान गरेको आयोगको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved