सात देश पुग्यो ‘मंकीपक्स’, नेपालमा कति जोखिम ?

कंगोबाट शुरु भएको यो भाइरस बिस्तारै मानिसबाट मानिसमा सर्दै स्पेन, पोर्चुगल, क्यानडा, इटाली अमेरिकामा मात्र देखिएको थियो। तर यो हप्ताको अन्तिममा भने बेलायतमा पनि देखिएको ‘द वायर’ले लेखेको छ।

सात देश पुग्यो ‘मंकीपक्स’, नेपालमा कति जोखिम ?

काठमाडौं। कंगो हुँदै सात देश पुगिसकेको ‘मंकीपक्स’ भाइरस नेपालसम्म पनि आइपुग्ने सम्भावना बढेको छ।

‘मंकीपक्स’ भाइरस पहिलो पटक सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरहरूमा देखिएको थियो। तर मानिसमा भने सन् १९७० मा कंगो देशमा देखिएको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए।

कंगोबाट शुरु भएको यो भाइरस बिस्तारै मानिसबाट मानिसमा सर्दै स्पेन, पोर्चुगल, क्यानडा, इटाली अमेरिकामा मात्र देखिएको थियो। तर यो हप्ताको अन्तिममा भने बेलायतमा पनि देखिएको ‘द वायर’ले लेखेको छ।

‘द वाएर’ का अनुसार बेलायतमा पहिलो पटक ‘मंकीपक्स’ देखिएका दुई जना एउटै परिवारको भएका र उनीहरू नाइजेरिया गएर फर्किएकाले संक्रमण भएको अनुमान गरिएको छ। त्यस्तै बेलायतमा देखिएका अन्य बिरामीहरूको ट्राभल हिस्ट्री नदेखिएकाले त्यहा ‘मंकीपक्स’ समुदायस्तर सम्मै पुगिसकेको हुन सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ।

‘मंकीपक्स’ भाइरस कसरी फैलिरहेको छ भने सबैको जिज्ञासाको विषय रहेको डा. पुनले बताए।

शुरुमा भाइरस देखिएको व्यक्ति शंकास्पद ठाउँबाट फर्किएको भए पनि पछि अन्य व्यक्तिहरू जो संक्रमित व्यक्तिको सम्पर्कमै नभएकाहरूमा पनि देखिएकाले यो विषयमा सबैको जिज्ञासा जागेको उनी बताउँछन्।

‘मंकीपक्स’ का शुरुवाती लक्षण भनेको जिउ एकदमै दुख्ने, टाउको दुख्ने र बिस्तारै लिम्फ ग्रन्थीहरू सुन्निँदै जाने र ठेउला शरीरभर पानी फोकाजस्तो बिबिराहरू आउने उनले बताए। संक्रमण भएको ५ देखि २१ दिनसम्ममा ‘मंकीपक्स’को लक्षणहरू देखिनेगर्छ।

शुरुको अवस्थामा ज्वरो आउनु, टाउको र जिउ दुख्नु अन्य रोगहरूसँग मिल्दोजुल्दो लक्षण देखिने गर्दछ र लिम्फ ग्रन्थीहरू सुन्निनु यसका प्रारम्भिक लक्षणहरू भएको डा.पुनले बताए। उनका अनुसार शरीरभर बिबिरा आउन र विस्तारै फुटेर पाप्राजस्तो भएर जान्छ, त्यसैले ‘मंकीपक्स’ र ठेउलाको लक्षणहरू उस्तै भएकाले यी दुई रोगबीच झुक्किने हुन्छ।

मंकीपक्स’ सामान्यतय २ देखि ४ हप्तामा आफैँ निको हुने गर्दछ। निमोनिया, एनकेफलाइटिस, अन्धोपन यसका जटिलताहरूअन्तर्गत पर्दछन्। ‘मंकीपक्स’ कम संक्रमण भए पनि १० जना बिरामीमध्ये १ जनाको मृत्यु हुने गरेको बताए। अफ्रिकातिर ‘मंकीपक्स’ कै कारण मृत्यु भए पनि अन्य देशमा भने मृत्यु नभएको उनले जानकारी दिए।

“हालसम्म ‘मंकीपक्स’ नेपाल र भारतमा भने देखिएको छैन तर पछिल्लो समय नेपालीहरू आफ्रिका जाने आउनेक्रम धेरै भएकाले नेपालसम्म पनि यो भाइरस नपुग्ला भन्न सकिन्नँ,” उनले भने। त्यसैले धेरै सावधानी अपनाउनुपर्ने कुरामा उनले जोड दिए।

उनी भन्छन्, “सबैभन्दा चकित पार्ने कुरा के छ भने बेलायतमा देखिएको भनेको समलिंगी र ‘गे’ हरूको पार्टनरमा हो वैज्ञानिककहरू पनि चकित परिरहेका छन्, खासमा संक्रमितको मुखको छिटा अर्को व्यक्तिको नाख र मुखमा गयो भने सर्ने सक्छ भनिएको छ तर उनीहरूको सम्पर्कमा तर यही कारणले नै सरेको हो वा कुन माध्यबाट फैलिरहेको छ भने हालसम्म भने विस्तृतमा जानकारी नआइसकेको समेत उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved