औरही नगरपालिकाका नगर प्रमुख र उपप्रमुखमा लोसपा विजयी

नेपालभ्युज

औरही नगरपालिकाका नगर प्रमुख र उपप्रमुखमा लोसपा विजयी

जनकपुरधाम । महोत्तरीको औरही नगरपालिकाको प्रमुख र उप प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का उम्मेदवार विजयी भएका छन्।

मतगणना परिणामअनुसार औरही नगरपालिकाको प्रमुखमा लोसपाका प्रदीप कुमार खड्का र उपप्रमुखमा पुनः दोस्रो पटक लोसपाकै रेनु झा विजयी भएकी छन्। खड्काले ६ हजार ६७ मत र उपप्रमुख झाले ५ हजार ८सय ८ मत ल्याएर विजयी भएका औरही निर्वाचन अधिकारी सरोज कुमार गोइतले बताए।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका सुनिल कुमार यादवले ५ हजार ७ सय ४७ र उपप्रमुखमा रेखा यादवले ५ हजार ६ सय ५ मत ल्याएका छन्। नगर प्रमुख खडका ३सय२० र उपप्रमुख झा २सय ३ मतले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई पछाडि पार्दै विजयी भएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved