धनुषाको बटेश्वर गाउँपालिकामा एमाले क्लिन स्वीप, कांग्रेस विजयी

नेपालभ्युज

धनुषाको बटेश्वर गाउँपालिकामा एमाले क्लिन स्वीप, कांग्रेस विजयी

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष र उपाध्यक्षसहित अधिकांश वडामा निर्वाचित भएका छन्।

पाँच ओटा वडा रहेको बटेश्वर गाउँपालिकामा वडा नं २ को वडाध्यक्ष बाहेक पालिकामाथि कांग्रेसले नै कब्जा जमाउन सफल भएको छ। वडा नम्बर २ मा भने नेकपा माओवादी केन्द्रले जित्यो।

कांग्रेसका रामआशीष महतोले पालिका अध्यक्षमा ९८१ मतले विजयी हुन सफल भए। उनले ४ हजार १८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका श्यामसुन्दर महतो ३ हजार ३७ मतमा सीमित भए।

यस्तै, उपाध्यक्षमा कांग्रेसकै फुलकुमारी सिंह ३ हजार ६०१ मतसहित विजयी भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेको रेणु कुमारी पुलामीले २ हजार ९५७ मत ल्याइन्। पालिका अध्यक्षमा निर्वाचित भएका रामआशीष २०७४ को स्थानीय निर्वाचनमा ७४ मतले एमालेका उम्मेदवार डम्बरबहादुर राउत क्षेत्रीसँग पराजित भएका थिए।

सो निर्वाचनमा एमाले अध्यक्ष उपाध्यक्षसहित दुई वडामा जितेको थियो। यस पटक भने कांग्रेसले एमालेलाई क्लिन स्विप गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved