राजदेवी नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एकीकृत समाजवादी विजयी

रौतहटको राजदेवी नगरपालिकामा नेकपा (एकीकृत समाजवादी)का भिखारी यादव विजयी भएका छन्। यादवले ७ हजार ५२ मत प्राप्त गरे।

नेपालभ्युज

राजदेवी नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एकीकृत समाजवादी विजयी

रौतहट। रौतहटको राजदेवी नगरपालिकामा नेकपा (एकीकृत समाजवादी)का भिखारी यादव विजयी भएका छन्। यादवले ७ हजार ५२ मत प्राप्त गरे।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धिरेन्द्र सिंहले ३ हजार ७०७ मत प्राप्त गरे। सिंह निवर्तमान नगरप्रमुख हुन्।

सिंंहलाई यस पटक निर्वाचनमा मत माग्ने क्रममा घरदैलो गर्न जाँदा राजदेवी १ पथरामा स्थानीयले दुव्र्यबहार गरेका थिए। उनको कार्यकाल पनि विवादित बन्यो।

उपप्रमुखमा पनि नेकपा (एकीकृत समाजवादी)कै राजकुमारी देवी विजयी भइन्। राजकुमारीले ५ हजार ८४२ मत प्राप्त गरिन्।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अर्चनाकुमारी यादवले ३ हजार १४९ मत प्राप्त गरिन्।

उक्त नगरपालिकाको ९ वडामध्ये १ र ९ मा कांग्रेस तथा बाँकी सात वडामा एकीकृत समाजवादीका उम्मेदवार वडाध्यक्षमा विजयी भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved