सात हजार कट्यो बालेनको मत, गणना भइरहेका सातओटै वडामा अग्रता

नेपालभ्युज

सात हजार कट्यो बालेनको मत, गणना भइरहेका सातओटै वडामा अग्रता

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको मत सात हजार कटेको छ।

बालेनको मत सात हजार ८९ पुग्दा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितको तीन हजार ७४६ रहेको छ।

यसैगरी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहको मत तीन हजार ३०० पुगेको छ।

हालसम्म काठमाडौं महानगरका ३२ वडामध्ये १ र २ वडाको गणना सकिएको छ। ३, ४,५,६, ३१ र ३२ वडाको गणना जारी छ। गणना सम्पन्न भएका दुईसहित सातओटै वडामा बालेनले अग्रता लिएका छन्।

मतगणनादेखि नै अग्रता लिएका बालेनको मत अहिलेसम्म दोस्रो स्थानमा झरेको छैन। एमालेका स्थापित गठबन्धन कांगेसकी सिंहको भने दोस्रो स्थानमा प्रतिस्पर्धा चलिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved