सल्यानमा विजय जुलुसमा गएका दुई जनाको करेन्ट लागेर मृत्यु, १३ जना घाइते

कांग्रेस र एमालेको गठबन्धनबाट कुमाख गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्षमा जितेका मानबहादुर बुढाथोकी र लालबहादुर रावतको विजय जुलुस गएका दुई जनाको मृत्यु भएकाे हाे।

नेपालभ्युज

सल्यानमा विजय जुलुसमा गएका दुई जनाको करेन्ट लागेर मृत्यु, १३ जना घाइते

सुर्खेत। सल्यानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएकाे छ भने १३ जना घाइते भएका छन्।

कांग्रेस र एमालेको गठबन्धनबाट कुमाख गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्षमा जितेका मानबहादुर बुढाथोकी र लालबहादुर रावतको विजय जुलुस गएका दुई जनाको मृत्यु भएकाे हाे।

विजय जुलुसमा जाँदै गर्दा ना ५ ख ८०६० नम्बरको बसको छतमा बसेका बेला करेन्ट लागेर कुमाख गाउँपालिका-४ का २६ वर्षीय लोकेन्द्र राना र २३ वर्षीय गोपाल बुढाथोकीकाे घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए।

घाइते सबैलाई उपचारका लागि मिसन अस्पताल चौरजहारी लगिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved