भीमफेदीमा नवनिर्वाचित वडाअध्यक्षमाथि हातपात

नेपालभ्युज

भीमफेदीमा नवनिर्वाचित वडाअध्यक्षमाथि हातपात

हेटौँडा। मकवानपुरको भीमफेदी गाउँपालिकामा नवनिर्वाचित वडाअध्यक्षमाथि हातपात भएको छ। वडा नम्बर ७ मा गठबन्धनको तर्फबाट विजयी भएका वडाअध्यक्ष नेपाली कांग्रेसका मित्रबन्धु सिञ्जालीमाथि हातपात भएको हो।

मतपरिणाम आएपछि गणनास्थल बाहिर रहेका सिंजालीमाथि नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूको भीडले हातपात गरेका हुन्। नेपाली कांग्रेसबाट उम्मेदवारी दिएर विजय भएपछि सिंजालीलाई माओवादी केन्द्रका कार्यकर्ताहरूले एमालेसँग मिलेर अध्यक्षमा आफूहरूलाई ससहयोग नगरेको आरोप लगाएका छन्।

झडपको विषयमा जानकारी दिँदै इलाका प्रहरी कार्यालय भीमफेदीले सुरक्षा व्यवस्था बढाइएको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved