हेटौंडामा कांग्रेसले खाता खोल्यो

नेपालभ्युज

हेटौंडामा कांग्रेसले खाता खोल्यो

हेटौंडा। हेटौंडा उपमहानगरपालिकाकाको वडा नम्बर १ मा नेपाली कांग्रेसले जित निकालेको छ।

हेटौंडा–१ मा नेपाली कांग्रेसका उम्मेदवार सविन न्यौपाने विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार उत्तम पौडेललाई पराजित गरेका हुन्। न्यौपानेले १ हजार ४ सय ४२ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी पौडेलले १ हजार ३ सय ११ मत ल्याएका छन्। वडा नम्बर एकमा ३ हजार २ सत ८६ मत खसेको थियो। न्यौपाने अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि वडा अध्यक्षमा विजयी भएका थिए।

हेटौंडाको मेयर र उपमेयरमा सत्तारुढ गठबन्धन अगाडि रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved