मध्यरातमा बालेनको आपत्ति

नेपालभ्युज

मध्यरातमा बालेनको आपत्ति

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार बालेन शाहले मतगणनामा प्रतिनिधि राख्ने विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्। लोकतान्त्रिक पद्धतिअनुसार हरेक उम्देवारको एक जना प्रतिनिधि हुनैपर्ने उनले माग गर्का छन्।

राति सामाजिक सञ्जालमा उनले लेखेका छन् – मतगणना गर्दा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधी भन्ने कुरा आयो । सबै उम्मेदवार बराबर भनेर लोकतान्त्रिक पद्दतिको निर्वाचन भएको छ । उम्मेदवारी दिने समय होस् वा शुल्क वा प्रक्रिया, कतै पनि पार्टीगत उम्मेदवार र स्वतन्त्र उम्मेदवारको भिन्नता सोचिएको छैन । हरेकलाई हरेकसँग प्रतिष्पर्धी मानिएको छ । हरेकले पाउने प्रत्येक मतको ‘मतभार’ बराबर छ । यस्तोमा दलगत र स्वतन्त्र भनेर गणनामा किन फरक गर्न खोजिदैछ ? 

उनले निर्वाचन आयोगको ध्यानाकर्षण र तत्काल कार्यान्वयनका लागि अपिल गरेका छन्। उनले स्वतन्त्र उम्मेदवारले पनि प्रतिनिधि पाउनुपर्ने माग गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved