देशभरका ३२ केन्द्रमा मतदान स्थगित

नेपालभ्युज

देशभरका ३२ केन्द्रमा मतदान स्थगित

काठमाडौं। आज भइरहको स्थानीय तहको निर्वाचनमा देशभरका ३२ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ।

विभिन्न राजनीतिक दलका उम्मेदवारहरुबीच झडप हुँदा ३२ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए। मतदान स्थगित भएका ठाउँमा परिस्थिति विचार गरेर पुनः मतदान शुरू गरिने उनले बताए।

दिउँसो ३ बजेसम्म ४६ प्रतिशत मत खसेको छ। ६५ देखि ७२ प्रतिशतसम्म मत खस्ने आयोगको आकलन छ।

आयुक्त थपलियाका अनुसार मतदान सकिएका स्थानमा आज बेलुकी ८ बजेबाट नै मतगणना कार्य प्रारम्भ हुनेछ। सम्पूर्ण मतगणनाको नतिजा ५ दिनभित्र सक्ने कार्ययोजना रहेको उनले बताए। जेठ ५ गतेभित्र सबै निर्वाचनको काम सक्ने आयोगका लक्ष्य छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved