जुम्लाको गुठीचौर गाउँपालिकामा झडप, मतदान रोकियो

मतदाताले मतदाता परिचयपत्र च्यात्न खोजेपछि विवाद भएको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले बताइन्।

नेपालभ्युज

जुम्लाको गुठीचौर गाउँपालिकामा झडप, मतदान रोकियो
सांकेतिक तस्वीर।

सुर्खेत। जुम्लाको गुठीचौर गाउँपालिकाको एक मतदान स्थलमा झडप भएको छ।

गुठीचौर गाउँपालिका–३ गज्याङ्कोटस्थित शंकर बहुउद्देश्यीय माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा झडप भएको हो।

नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ताबीच विवाद हुँदा झडप भएको छ । दुई पार्टीका कार्यकर्ताबीच झडप हुँदा सहायक मतदान अधिकृत रवि भण्डारीको घुँडामा चोट लागेको छ ।

मतदाताले मतदाता परिचयपत्र च्यात्न खोजेपछि विवाद भएको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले बताइन्।

“अहिले मतदान कार्य रोकिएको छ,” उनले भनिन्, “मतदान स्थगित नै भएको होइन । केही समयका लागि रोकिएको मात्र हो ।”

उक्त केन्द्रमा एक हजार सात मतमध्ये ३१२ मत मात्रै अहिलेसम्म खसेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved