मतदान गरेपछि ओलीले भने, ‘९ वैशाखसम्म पनि देउवाजी चुनाव सार्ने प्रस्ताव गर्दै हुनुहुन्थ्यो’

चुनाव सार्न भनिराखेको तर आफूले नमानेको भन्दै ओलीले भने, “उहाँहरुको नियत पहिला पनि देखेका हौँ।”

नेपालभ्युज

मतदान गरेपछि ओलीले भने, ‘९ वैशाखसम्म पनि देउवाजी चुनाव सार्ने प्रस्ताव गर्दै हुनुहुन्थ्यो’

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले भक्तपुरको बालकोटबाट मतदान गरेका छन्।

सूर्यविनायक नगरपालिकाको बालकोटस्थित ‘क’ मतदान केन्द्रबाट मतदान गरेका ओलीले सत्तारुढ दलहरुले ९ वैशाखसम्म पनि चुनाव सार्ने प्रस्ताव गरिरहेको बताए।

ओलीले ९ वैशाखसम्म पनि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव सार्नका लागि प्रस्ताव गरिरहेको बताए। तर, आफूले चुनाव कुनै हालतमा सार्न नहुने जवाफ दिएको उनले बताए।

गठबन्धनका नेताहरुले चुनाव सारौँ भनेर भनिरहेको आफूले पहिलादेखि नै सुनिरहेको भन्दै ओलीले आफूसँग देउवाले ९ वैशाखसम्म पनि चुनाव सार्न भनिराखेको बताए। आफूले नमानेको भन्दै ओलीले भने, “उहाँहरुको नियत पहिला पनि देखेका हौँ।”

यस्तै, ओलीले अहिले चुनावमा पाँच दलको भन्दा धेरै मत एमालेको पक्षमा आउने पनि दाबी गरे। त्यसैले गठबन्धनका तर्फबाट अवाञ्छित कृयाकलापहरु भएका पनि उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved