ताेलामा एक हजार रूपैयाँले घट्यो सुनको मूल्य

नेपालभ्युज

ताेलामा एक हजार रूपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। बुधवार सुनको मूल्य ताेलामा एक हजार रूपैयाँले घटेको छ।

आज छापावाल सुन प्रतितोला ९७ हजार रूपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ९६ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मङ्गलवार छापावाल सुन प्रतितोला ९८ हजार र तेजाबी सुन प्रतितोला ९७ हजार ५ सय रूपैयाँ कायम थियो।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ। मंगलवार प्रतितोला एक हजार २७५ कायम भएको चाँदीको मूल्य आज ३० रूपैयाँले घटेर प्रतितोला एक हजार २४५ रूपैयाँमा कारोबार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved