बार्सिलोनाको जितमा औबामेयाङको दुई गोल

घरेलु टोलीका लागि ४१ औँ र ४८ औँ मिनेटमा औबामेयाङले गोल गरे।

नेपालभ्युज

बार्सिलोनाको जितमा औबामेयाङको दुई गोल

काठमाडौं। स्पेनिस लालिगा फुटबलमा बार्सिलोनाले सेल्टा भिगोमाथि ३–१ गोल अन्तरको जित निकालेको छ।

गएराति भएको खेलमा बार्सिलोनाले घरेलु मैदानमा सेल्टा भिगोमाथि ३–१ गोल अन्तरको जित निकालेको हो। उसका लागि औबामेयाङले दुई गोल गरे।

खेलको ३० औँ मिनेटमा मेक्फिस डिपाएको गोलबाट अग्रता बनाएको घरेलु टोलीका लागि ४१ औँ र ४८ औँ मिनेटमा औबामेयाङले गोल गरे।

पाहुना टोलीका लागि लागो अस्पसले ५० औँ मिनेटमा एक गोल फर्काए। ५८ मिनेटमा जेसन मुरिल्लोले रातो कार्ड खाएपछि १० खेलाडीमा सीमित बनेको सेल्टा भिगो त्यसपछि खेलमा फर्कन सकेन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved