भीरबाट लडेर एक जनाको मृत्यु

भीरबाट लडेर एक जनाको मृत्यु
सांकेतिक तस्वीर।

बागलुङ। बागलुङमा भिरबाट लडेर आज एक जनाको मृत्यु भएको छ। जिल्लाको काठेखोला गाउँपालिका–४ तङ्ग्रामका ५५ वर्षीय जगबहादुर किसानको घर नजिकैको भिरबाट लडेर मृत्यु भएको प्रहरीको भनाइ छ।

यही २५ वैशाखदेखि सम्पर्कविहीन किसान खोजतलासको क्रममा आज बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

मादक पदार्थ सेवन गरेर हिँड्ने क्रममा लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved