बैतडीमा मदिरा बिक्री वितरणमा प्रतिबन्ध

भारतीका अनुसार निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न २६ वैशाखदेखि मदिरा बिक्री वितरणमा र सेवनमा रोक लगाउने निर्णय भएको हो।

नेपालभ्युज

बैतडीमा मदिरा बिक्री वितरणमा प्रतिबन्ध
सांकेतिक तस्वीर।

बैतडी। बैतडीमा यही २६ वैशाखदेखि मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइने भएको छ। ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई शान्तपूर्णरुपमा सम्पन्न गर्न बैतडीमा निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा पूर्णरुपमा रोक लगाइएको हो।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले सर्वपक्षीय बैठकले २६ वैशाखदेखि मतपरिणाम नआउँदासम्मको अवधिमा मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको जानकारी दिए।

भारतीका अनुसार निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न २६ वैशाखदेखि मदिरा बिक्री वितरणमा र सेवनमा रोक लगाउने निर्णय भएको हो।

मदिराका कारण विभिन्न खालका घटना हुनसक्ने भएकाले मदिराको कारोबार र सेवनमा रोक लगाइएको र कसैले निर्णयविपरीत काम गरेको पाइएमा कानूनअनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा सम्पन्न सर्वपक्षीय बैठकमा राजनीतिक दलका जिल्लास्थित प्रतिनिधि तथा व्यवसायीको सहभागिता थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved