कर्णाली सरकारले थप आठ दिन सार्वजनिक बिदा दिने

असोज कृष्ण त्रयोदशीका दिन चन्दननाथ बाबा मेलाको सार्वजनिक बिदा दिने निर्णय भएको छ।

नेपालभ्युज

कर्णाली सरकारले थप आठ दिन सार्वजनिक बिदा दिने

सुर्खेत। कर्णाली प्रदेश सरकारले विसं २०७९ सालमा राष्ट्रियबाहेक प्रदेशभर थप आठ दिन सार्वजनिक बिदा दिने भएको छ। प्रदेश सरकारको २९ चैत्र २०७८ मा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सरकारले सार्वजनिक बिदा गरेको निर्णय यही ७ वैशाखमा प्रदेशको राजपत्रमा प्रकाशित गरेको छ। राजपत्रका अनुसार धान दिवसका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको हो।

ऐतिहासिक दिनका रुपमा १२ चैत्रमा जुम्लालाई मात्र र १५ असारमा जुम्लाबाहेक नौ जिल्लामा धान दिवसका अवसरमा बिदा दिने सरकारले निर्णय गरेको छ।

त्यस्तै, १ साउनमा साउने सङ्क्रान्ति तथा देउडा पर्व भनेर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव दिनेशसागर भुसालले जानकारी दिए।

१७ साउनमा साउन शुक्ल पञ्चमी (नाग पञ्चमी), ४ भदौमा प्रदेश स्थापना तथा सहिद दिवस, २३ असोजमा शुक्ल (कोजाग्रत) पूर्णिमा, १६ चैत्रमा चैत्र शुक्ल नवमी (रामनवमी) प्रदेशभर बिदा दिइने सचिव भुसालले बताए।

उनका अनुसार असोज कृष्ण त्रयोदशीका दिन भने चन्दननाथ बाबा मेलाको सार्वजनिक बिदा दिने निर्णय भएको छ। यस दिनमा भने जुम्ला जिल्लामा प्रादेशिक तथा स्थानीय तहका कार्यालयहरुमा बिदा हुने प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved