स्थानीय चुनावमा एमालेविरुद्ध मतदान गर्ने नेकपा (एकीकृत समाजवादी)को निर्णय

पाँच दलीय गठबन्धन र आफ्नो पार्टीको तर्फबाट उम्मेदवार नभएका स्थानमा एमालेविरुद्ध मतदान गर्न आफ्ना नेता कार्यकर्ता तथा मतदातालाई निर्देशन दिएको हो।

नेपालभ्युज

स्थानीय चुनावमा एमालेविरुद्ध मतदान गर्ने नेकपा (एकीकृत समाजवादी)को निर्णय
फाइल फोटो

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले आसन्न स्थानीय तहको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवारविरुद्ध मतदान गर्ने निर्णय गरेको छ।

एकीकृत समाजवादीले गठबन्धन नबनेको र आफ्नो पार्टीको तर्फबाट उम्मेदवार नभएका स्थानीय तहमा एमाले उम्मेदवारका विरुद्ध मतदान गर्ने निर्णय गरेको हो।

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपा ल नेतृत्वमा बसेको पार्टीको सचिवालय बैठकले एमालेविरुद्ध मतदान गर्न निर्देशन दिएको हो।

बैठकले पाँच दलीय गठबन्धन र आफ्नो पार्टीको तर्फबाट उम्मेदवार नभएका स्थानमा एमालेविरुद्ध मतदान गर्न आफ्ना नेता कार्यकर्ता तथा मतदातालाई निर्देशन दिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved