एमसीसीको पक्षधर देशघातीविरुद्ध हाम्रो उम्मेदवारी हो : सुनिल प्रजापति

नेपालभ्युज

एमसीसीको पक्षधर देशघातीविरुद्ध हाम्रो उम्मेदवारी हो : सुनिल प्रजापति

भक्तपुर। भक्तपुर नगरपालिकामा मेयरमा उम्मेदवार सुनिल प्रजापतीले निर्वाचन विचारहरूको संघर्ष भए पनि घोषणापत्रको लडाइँ भइरहेको बताएका छन्।

भक्तपुरको भार्वाचोमा आयोजित स्थानीय तहको निर्वाचन २०७९ चुनावी सभामा प्रजापतीले एकको विरोधमा अर्को, अर्कोविरुद्ध अर्को लागिरहेका बताए। एमसीसीको पक्षधर भएर देशघातीविरुद्ध आफूहरूको उम्मेदवारी भएको उनले बताए। भने, “व्यापारमा लगानी गरेजस्तै निर्वाचनमा लगानी गर्छन्। गुन्डाहरूलाइ टिकट दिएको छ।”

उनले राजनीति गुण्डागर्दी नभएको भन्दै नेमकिपा संस्थाको रुपमा अगाडि बढेको बताए।

बहालबाला मेयरसमेत रहेका प्रजापती भने, “पाँच वर्षअघि हामीले पार्टी घोषणापत्र पालना गर्छौं भनेका थियौं। यहाँ कोही पैसा नभएर पढ्न छोड्न परेको छैन। ५ लाख शैक्षिक रिन दिन्छौं। केही विषय नगरपालिकाले पैसा तिरिदिएर पढाइरहेको छ। नगरपालिकाले यही गर्‍यो। हाम्रो नगरमा १२ सय इन्जिनियर पास गरिसकेका छन्। समाज परिवर्तनको निम्ति शिक्षालाई अगाडि बढायौं।”

आफूहरू निर्वाचित भएर आएको १०० दिनभित्र घरदैलो नर्स सेवा शुरु गरेको पनि उनले त्यहाँ स्मरण गराए। नसर्ने रोग लागेको लाई १० हजार दिने र कुनै रोग लागे ख्वपः अस्पतालमा उपचार गराइने बाचा गरे।

भने, “अब हामी प्रसूति अस्पताल बनाउने तयारीमा छौं।जनताको स्वास्थका लागि व्यायाम खाना ठाउँठाउँमा खोलेका छौं।” अन्य स्थानीत तहरूले पनि भक्तपुरको जस्तै सिको गरिरहेका उनले दाबी गरे। बिजुलीलगायत तारहरू पनि भुइँमा राखेर विकास गर्ने उनले बताए। आजसम्म आफूहरूले एक सय २४ ओटा सम्पदा निर्माणसम्पन्न गरिसकेको पनि बताए।

ख्वपः कलेज भने चाहेर पनि बनाउन नसकिएकाले यसमा धेरै काम गर्न बाँकी रहेको उनले बताए। कोरोनाजस्तो महामारीमा सरकारले सहयोग नगरेका बेला जनताले सहयोग गरेर साढे छ करोड रुपैयाँ यसका लागि उठेको पनि उनले त्यहाँ जानकारी दिए।

यस्तै बाग्मती प्रदेश सभा सदस्य तथा नेमकिपाकी नेता सिर्जना सैजुले उम्मेदवारी जनसेवाका लागि भएको भन्दै कम्युनिष्ट भाग खान लागेको भन्दै आपत्ति जनाइन्। भनिन्, “कम्युनिस्ट शोषणविरुद्ध लड्छ्न। जनताको सेवा गर्छ। एमाले, माओवादी कम्युनिस्ट हुँदै होइनन्। अहिले कांग्रेसँग मिलेर चुनाव लड्दैछन्। एमाले र माओवादीले हामी कम्युनिस्ट रहेनौं भन्नपर्छ।”

देशको उद्योग कौडीको भाउमा बेच्ने र परनिर्भर बनाउने कांग्रेस, एमाले र माओवादीविरुद्ध नेमकिपाको उम्मेदवारी भएको उनले बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved