आफ्नै घरको पाँचौँ तलाबाट खसेर महिलाको मृत्यु

नेपालभ्युज

आफ्नै घरको पाँचौँ तलाबाट खसेर महिलाको मृत्यु
सांकेतिक तस्वीर

भक्तपुर। आफ्नै घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ।

भक्तपुर नगरपालिका–८ लिवालीमा गएराति पाँच तलामाथिबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमि लगिएकामा उपचारको क्रममा कुसाथाको मृत्यु भएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved