मकवानपुरमा तीन लाख २५ हजार मत पत्र आयो

नेपालभ्युज

मकवानपुरमा तीन लाख २५ हजार मत पत्र आयो

हेटौंडा। निर्वाचन आयोगले मकवानपुर जिल्लामा तीन लाख २५ हजार मतमत्र पठाएको छ।

तीन दिनअघि नै मतपत्र मकवानपुर आइपुगेको हो। मकवानपुरमा दुई लाख ९४ हजार ९ सय १९ जना मतदाता छन्। मतदाताभन्दा धेरै सङ्ख्यामा मतपत्र आएको हो।

आएका मतपत्र मूख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएकोे छ। मतदान केन्द्रमा २५ गतेपछि मतपत्र पठाइने निर्वाचन कार्यालय मकवानपुरका प्रमुख निर्वाचन अधिकृत लुम्भनाथ पोखरेलले बताए।

मकवानपुरमा एक सय ६५ वटा मतदानस्थल तोकिएका छन् भने तीन सय ५६ मतदान केन्द्र कायम भएका छन्। जसमध्ये १९ ओटा मतदानस्थललाई अति संवेदनशीलका रुपमा राखिएको छ। भौगोलिक विकटता तथा सुरक्षाका हिसाबले संवेदनशिल रहेका स्थानलाई अतिसंवेदनशील मतदानस्थलको रुपमा राखिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved