हेटौंडा उपममहानगरमा ९७ पदका लागि ३८८ जनाको उम्मेदवारी

नेपालभ्युज

हेटौंडा उपममहानगरमा ९७ पदका लागि ३८८ जनाको उम्मेदवारी

हेटौंडा। स्थानीय तह निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिकाको ९७ पदका लागि ३८८ जनाको उम्मेदवारी परेको छ। उपमहानगरपालिकाको मेयर, उपमेयर र १९ वटा वडाका जनप्रतिनिधिहरू गरी कूल ९७ जना विजयी हुनेछन्। यसका लागि ३८८ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

हेटौंडामा जम्मा ४ सय ३७ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएकोमा ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। मेयरका लागि उम्मेदवारी दिएका २१ जनामध्ये ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। उपमेयरमा २ जनाले उम्मेदवारी फिर्ता लिएपछि अहिले ९ जना प्रतिस्पर्धामा छन्।

यस्तै १९ वटा वडा अध्यक्षका लागि ९३ जनाले प्रतिपस्पर्धा गर्ने भएका छन्। १ सय ११ जनाले उम्मेदवारी दर्ता गराएका भए पनि १८ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। त्यसैगरी महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य पदको लागि २ सय ६८ जनाको उम्मेदवारी छ। १९ वटा वडाको ७६ सदस्य पदको लागि २९४ जनाले उम्मेदवारी दिएका थिए भने २६ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

हेटौंडाको मेयर पदको लागि गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मीनाकुमारी लामा, नेकपा एमालेका अनन्त पौडेल, नेपाल कम्युनिस्ट पार्टी मालेबाट केशव घर्ती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपकबहादुर सिंह, नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्याकुमार भट्टराई, सचेत नेपाली पार्टीबाट रामप्रसाद गौतम, नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट रोमनाथ भुर्तेल, मौलिक जरोकिलो पार्टीबाट सिर्जना बर्तौला र लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्जिव खराल रहेका छन्।

स्वतन्त्रबाट कविराज पाठक, पुरुषोत्तम रुपाखेती, उत्तमकुमार दुलाल, लीलाकुमारी आचार्य, देवराज पौडेल, सञ्जय खरेल, विश्वनाथ पाण्डे र प्रदीप ढकालले निर्वाचनमा सहभागिता जनाउनेछन्।

त्यसैगरी सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसका राजेश बानियाँ, नेकपा एमालेका सुमित्रा काफ्ले, मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरे, जनजागरण पार्टी नेपालबाट शिवकुमारी पाठक, नेकपा मालेबाट अम्बिका लामिछाने, राप्रपाबाट इन्दिरा न्यौपाने र लोकतान्त्रिक समाजवादी पार्टीबाट नानीमाया श्रेष्ठले, स्वतन्त्र तर्फबाट सुरज पाण्डे र ध्रुवप्रसाद दाहालले उपमेयर पदको लागि मैदानमा उत्रिने छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved