जनकपुरमा मेयरसहित १५ जनाले उम्मेदवारी फिर्ता लिए

नेपालभ्युज

जनकपुरमा मेयरसहित १५ जनाले उम्मेदवारी फिर्ता लिए

जनकपुरधाम। स्थानीय तह निर्वाचनमा भाग लिन जनकपुरधाम उपमहानगपालिकाको विभिन्न पदमा उम्मेदवारी दिएका मध्ये मेयरसहित १५ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।

निर्वाचन अधिकृतको कार्यालय जनकपुरधाम उपमहानरपालिकाका अनुसार मेयरमा दुई जना, उपमेयरमा १, वडाध्यक्षमा ११ र सदस्यमा १ जना गरी १५ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।

मेयरमा उम्मेदवारी फिर्ता लिनेहरूमा वैद्यनाथ प्रसाद साह र नन्दन कुमार भगतसहित ११ जना वडाध्यक्ष र एक जना सदस्यले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत कार्यालयका प्रमुख ब्रजेश प्याकुरेलले जानकारी दिएका छन्।

वैद्यनाथ प्रसाद साहले भने आफू एउटा समाजसेवी भएको हुनाले राजनीति आफ्नो वशको कुरा नरहेकोले उम्मेदवारी फिर्ता लिएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved