एमालेले उपमेयर टिकट दिने भएपछि कांग्रेसकी प्रदेश सदस्य रुनाले छोडिन् पार्टी

कांग्रेसबाट उपमेयरको टिकट नपाएपछि झा एमाले प्रवेश गरेकी हुन्। उनलाई एमाले केन्द्रीय सदस्य जुली महतोले पार्टी प्रवेश गराएकी छन्।

नेपालभ्युज

एमालेले उपमेयर टिकट दिने भएपछि कांग्रेसकी प्रदेश सदस्य रुनाले छोडिन् पार्टी

जनकपुरधाम। जनकपुरधाम उपमहानगरमा नेपाली कांग्रेसबाट उपमेयरको टिकटमा सिफारिस भएकी नेतृ रुना झा टिकट नपाएपछि नेकपा एमाले प्रवेश गरेकी छन्।

कांग्रेसबाट उपमेयरको टिकट नपाएपछि झा एमाले प्रवेश गरेकी हुन्। उनलाई एमाले केन्द्रीय सदस्य जुली महतोले पार्टी प्रवेश गराएकी छन्।

नेपाली कांग्रेसको उपमहानगर समितिले उनलाई उपमेयर पदका लागि सिफारिस गरेको थियो। तर, कांग्रेसले गठबन्धनबाट किशोरी साहलाई उपमेयरको टिकट दिएपछि उनले पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरेकी हुन्।

एमालेले झालाई उपमेयरको टिकट दिने भएपछि उनले फेसबुकमार्फत राजीनामा दिँदै एमाले प्रवेश गरेको जनाएकी छन्। उनी कांग्रेसको प्रदेश समिति सदस्यसमेत थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved