घरेलु मैदानमा बार्सिलोनाको लगातार तेस्रो हार

अबको पाँच खेलमा कम्तिमा एक बराबरीले नै रियललाई कीर्तिमानी ३५ औँ उपाधि दिलाउने छ।

नेपालभ्युज

घरेलु मैदानमा बार्सिलोनाको लगातार तेस्रो हार
SOCCER-SPAIN-FCB-RAY/REPORT

काठमाडौं। स्पानिस क्लब बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा लगातार तेस्रो हार भोगेको छ। क्लब इतिहासमा नै बार्साले घरेलु मैदानमा एकै सिजनमा लगातार तेस्रो हार ब्यहोरेको यो पहिलो पटक हो।

बार्सालाई स्पानिस लिगको खेलमा रायो भालेकानेले १–० ले पराजित गर्‍यो। सातौँ मिनेटमा नै गार्सिया रिभेराले गरेको एक मात्र गोल नै बार्सालाई खेल हार्न पर्याप्त बनेको थियो।

यसअघि, बार्सिलोना गतहप्ता घरेलु मैदानमा युरोपा लिगको क्वाटर फाइनलमा फ्यांकफर्ट र स्पानिस लिगमा क्याडिजसँग पनि पराजित भएको थियो।

बार्सिलोनाको यो हारले लिग लिडर रियल मड्रिडलाई लिग उपाधि जित्न निकै सहज भएको छ। अब उपाधि उचाल्न बाँकी पाँच खेलमा रियललाई एक अंक नै पर्याप्त हुनेछ।

अबको पाँच खेलमा कम्तिमा एक बराबरीले नै रियललाई कीर्तिमानी ३५ औँ उपाधि दिलाउने छ।

यो हारपछि लिगको दोस्रो स्थानमा रहको बार्सिलोनाको ३३ खेलबाट ६३ अंक छ। लिग लिडर रियलको समान खेलबाट बार्साभन्दा १५ अंक बढी ७८ अंक छ।

आर्थिक संकटका कारण स्टार खेलाडीको अभावमा खराब फर्मबाट गुज्रिरहेको बार्सिलोना पछिल्ला ६ खेलमा मात्र दुईमा जित निकाल्न सफल भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved